बंगलादेशमा प्रदर्शनकारी छिरे प्रधानमन्त्री निवासमा, राजीनामा दिएर भारत भागेकी हुन् हसिना?

बंगलादेशमा प्रदर्शनकारी छिरे प्रधानमन्त्री निवासमा, राजीनामा दिएर भारत भागेकी हुन् हसिना?
+
-

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन अन्ततः सरकारको विरोधमा परिणत भएको छ। हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रधानमन्त्री निवासभित्र छिरेका छन्। तर प्रदर्शनकारी छिर्नुअघि नै प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री निवास छाडिसकेकी थिइन्।

न्युज एजेन्सी एएफपीले स्रोतको हवाला दिँदै प्रधानमन्त्री हसिना ढाका छाडेर कुनै सुरक्षित स्थानमा पुगेको जनाएको छ। केही मिडिया रिपोर्टहरुले भने हसिना र उनकी बहिनी देश छाडेर सेनाको हेलिकप्टरमा भारतमा शरणका लागि पुगेको बताएका छन्।

उनले राजीनामासमेत दिएको खबरहरु सार्वजनिक भएका छन्। उनले देश छाड्नुअघि एक भाषण रेकर्डको प्रयास गरेको भए पनि प्रदर्शनकारीहरुले उनलाई उक्त मौकाको समेत अवसर दिएनन्।

बंगलादेशको अखबार प्रोथोम अलोका अनुसार कयौं स्थानमा प्रदर्शनकारीहरु र पुलिसबीच झडप भएको छ। जसमा ६ भन्दा धेरै प्रदर्शनकारीहरु मारिएका छन्। प्रदर्शनकारीहरुले तंगेल र ढाकाका मुख्य राजमार्गहरु कब्जा गरेका छन्। लाखौँ मानिसहरु हसिनाविरुद्ध सडकमा उत्रिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?