नेप्सेमा ४० अंकको वृद्धि, २१ अर्ब ८६ करोडको कारोबार

नेप्सेमा ४० अंकको वृद्धि, २१ अर्ब ८६ करोडको कारोबार
+
-

काठमाडौँ – यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो।

आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा धेरै छ दशमलव ६९ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेको छ। अरु समूहको उपसूचक भने रातो देखिएको छ।

आठवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। रुरु जलविद्युत् परियोजना लिमिटेड, सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २६ करोड चार लाख ८८ हजार सात सय ७२ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?