बंगलादेश: शेख हसिनाले देश छाडेकाे २४ घण्टापछि संसद्‍ भंग

बंगलादेश: शेख हसिनाले देश छाडेकाे २४ घण्टापछि संसद्‍ भंग
+
-

काठमाडाैँ- बंगलादेशमा विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिनाले देश छाडेकाे २४ घण्टापछि देशको संसद्‍ भंग भएकाे छ।

आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद भंग गर्न अल्टिमेटम दिएका थिए। उनीहरुले संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका थिए।

साेहीअनुसार राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार देशको संसद्‍ भंग गरेका हुन्। राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ।

सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ।

उता बंगलादेश सेना प्रमुख वाकेर उज जमनले नयाँ सरकार बनाउने तयारी थालिसकेका छन्। सरकार बनाउन उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

विद्यार्थी नेताहरूले भने सेना समर्थित वा सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन्। विद्यार्थी नेताहरूले नोबल पुरस्कार बिजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन्। युनुसले पनि यसलाई स्वीकार गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?