
वीरगञ्ज – हात्तीको दारासहित पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। हात्तीको दारासहित पक्राउ परेका पर्साको ठोरी गाउँपालिका–४ बस्ने कुइसन लामा, वीरगञ्ज महानगरपालिका–२९ मुसौली बस्ने अमिरीलाल महतो वडा नम्बर १४ पिप्रा बस्ने शुकदेव शर्मालाई जिल्ला अदालतले कारागार चलान गरेको हो।
तीनै जनालाई अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए।
असार ७ गते पर्साको ठोरी गाउँपालिका–४ दुई थान हात्तीको दारासहित तीन जनालाई पक्राउ गरेको थियो।