६१ जना मारिएको विमान चढ्नबाट जोगिएका यी भाग्यमानी प्यासेन्जर

६१ जना मारिएको विमान चढ्नबाट जोगिएका यी भाग्यमानी प्यासेन्जर
+
-

एड्रियानो असीसले जब आफू चढ्न लागेको विमान केही ढिला पुग्दा बोर्डिङ हुन पाएन र प्लेन छुटाए त्यो बेला उनले आफ्नो टाइम र आफूलाई धिक्कारे। तर जतिबेला आफू चढ्न लागेको प्लेन क्र्यास भएको खबर पाए। उनले आफ्नो टाउकोमा हात राखे!

६१ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनामा आफू केही मिनेटको ढिलाइले बाँच्न सफल भएका रियो डि जेनेरियो निवासी एड्रियानो असीसले भगवानलाई धन्यवाद दिँदै बच्न पाएकोमा आँशु थाम्न सकेनन्।

ब्राजिलको भोएपास एयरलाइन्सको एक विमान भिनहेडोको एक आवादीइलाकामा दुर्घटना ग्रस्त भयो। त्यहाँ सवार ५७ यात्रु र चालक दलका ४ सदस्यको ज्यान गयो। दुर्घटनाग्रस्त विमानमा चढ्नका लागि एड्रियन जब स्थानीय अस्पतालको आफ्नो शिफ्ट पुरा गरेर एयरपोर्ट पुगे। अर्थात उनी स्थानीय समय अनुसार बिहान ९ः४० मा चेक इन काउन्टरमा पुगेका थिए। तर एयरपोर्टको काउन्टर बन्द थियो। परिणामतः उनले कास्काभेलदेखि ग्वारुलहोसको २ घन्टाको फ्लाइट छुटाउन पुगे।

ब्राजिलको समाचार आउटलेट टीभी ग्लोबलसँग कुरा र्दै एड्रियनले आफूलाई रोक्ने स्टाफलाई अँगालो हालेको जनाए। उनले भने, ‘म ९ः४० मा यहाँ पुगेको थिँए, काउन्टर बन्द गरिएको थियो तर फ्लाइट जाने समय हुँदै थियो। म टोलेडो क्षेत्रीय अस्पतालमा काम गर्ने गर्छु। त्यहाँ पुगेपछि काउन्टर खुल्ने प्रतीक्षामा थिँए। किनकि कुनै न कुनै रुपमा कोही न कोही काउन्टरमा हुने गर्छन्।’

उनले अगाडि थपे, ‘म काउन्टर खुल्ने आसामा माथि गएर कफी पिएर पर्खाइमा बसें। त्यँहाको माइक्रोफोन ले पनि केही जानकारी दिएको थिएन भने बोर्डले पनि उडानबारे केही भनेको थिएन। तर जब म तल काउन्टरमा फर्किए साढे १० बजेको थियो। जहाँ लामो लाइन थियो। केही समय पर्खिए लगभग १०ः४१ बजेको थियो। तर काउन्टरको मान्छेले ढिला भएको भन्दै चढ्न नपाउने बतायो। मैले उसँग बहस गरेँ, निकै बहस गरेँ। तर उसले जान दिएन।’

उनले अगाडि थपे, ‘उसले मेरो ज्यान बचायो। किनकि उसले आफ्नो काम राम्रो तरिकाले गर्दा मेरो ज्यान बच्न सफल भयो। मैले उसलाई अँगालो हालेँ किनकि उसले आफ्नो काम सही तरिकाले गरेको थियो। यदी उसले मेरो कुरामा आएर आफ्नो काम सही तरिकाले नगरेको भए। म यो संख्यामा अर्को एउटा थप हुन्थे। तपाईहरुसँग हुँदिन थिएँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?