पत्रकारले गरे विश्वप्रसिद्ध गढीमाई मन्दिरको सरसफाइ

पत्रकारले गरे विश्वप्रसिद्ध गढीमाई मन्दिरको सरसफाइ
+
-

वीरगञ्ज – विश्व प्रसिद्ध बाराको गढीमाई मन्दिरको सरसफाइ गरिएको छ। आफ्नो २५ औ स्थापना दिवस एवं रजत जयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिले आईतबार मन्दिर परिसरको सरसफाइ गरेको हो ।

हरेक पाँच बर्षमा एक पटक मेला लाग्दै आएको गढीमाई मन्दिरमा यस बर्ष नै पञ्चबर्षीय मेला लाग्दै छ। सोही मेलालाई मध्यनजर गर्दै मन्दिर परिसरको सरसफाई गरिएको हो।

सरसफाइका लागि पर्सा बारासहित मधेस प्रदेशका आठ वटै जिल्लाका आदिवासी जनजाति पत्रकार महासँघका पदाधिकारीहरु पुगेका थिए। उनीहरुले मन्दिर परिसर वरिपरि सरसफाई गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासँघका मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिए।

उनले पञ्चबर्षीय मेला यसैपालि गढीमाई मन्दिरमा लाग्न गईरहेकोले त्यसमा पत्रकारले गर्न सक्ने सहयोग स्वरुप मन्दिरको सरसफाई गरिएको बताए ।अहिले पनि दैनिक रुपमा थुप्रै मानिस गढीमाईको दर्शन गर्न आउने गरेकाले सरसफाइको बढी आवशयकता भएको बेलामा पत्रकारले सरसफाइ गरेर सहयोग गर्नू खुशीको कुरा भएको गढीमाई मन्दिर ब्यावस्थापन समितिका अध्यक्ष रामचन्द्र साहले धन्यवाद दिएका थिए।

मन्दिरमा दैनिक हजारौ दर्शनार्थीहरुले दर्शन गर्ने गरेको दैनिक रुपमा मन्दिर परिसरको सरसफाइमा विशेष ध्यान दिने गरिएको मन्दिरका पुजारी शिव चौधरीले जानकारी दिए। सरसफाइको लागि पत्रकारसँगै महागढीमाई नगरपालिकाका सरसफाईका कर्मचारीहरु नेपाल प्रहरी,सश्स्त्र प्रहरी पनि खटिएका थिए ।सरसफाई पछि अन्र्तक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?