मुगुको छायानाथ रारामा सोमबार सार्वजनिक बिदा

मुगुको छायानाथ रारामा सोमबार सार्वजनिक बिदा
+
-

मुगु – मुगु स्थित छायानाथ रारा नगरपालिकाले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ। छायानाथ रारा नगरपालिका वडा न २ चैन गाउँमा रहेको प्रसिद्ध छायानाथ मन्दिरबाट सोमबार मुगुम कार्मारोङ्ग गाउँपालिका– १ छायानाथ हिमालमा रहेको छायाक्षेत्रमा गाथ (शिवको मूर्ति) लिने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।

कार्यवाहक नगरप्रमुख ऎश्वर्या मल्लको दस्तखतबाट आइतबार जारी गरिएको नगरपालिकाको सुचनामा सोमबार छायानाथ मन्दिरबाट छायाक्षेत्रमा गाथ लगिने भएकाले मातहतका विधालय, स्वास्थ्य सस्था, गैरसरकारी संघ,सस्था,वित्तिय कार्यालय लगायत सबै कार्यालयमा सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ।

सोमबार गाथ लिदा नगरपालिका क्षेत्रका घर घरबाट फुल,माला,अक्षता,धजा चढाउन मन्दिरमा स्थानियहरु जाने र बाजागाजा सहित गाथ पठाउदा स्थानीयहरु सहभागी हुने भएकाले सार्वजनिक विदा दिइएको छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहिले जानकारी दिएका छन्।

गाथ लिदा मुर्ती,पुजारी र दर्शनार्थीको सुरक्षाको लागि नेपाल प्रहरी सहित ससस्त्र प्रहरिको टोलि पनि छायाक्षेत्रमा जाने गर्दै आएको छ।
छायाक्षेत्रमा गाथको दर्शनका लागि सुदुरपश्चिम,कर्णाली र भारतबाट समेत यो बेला ठूलो संख्यामा भक्तजनहरु आफ्ना कुल देवता,विभिन्न देउताका धामी सहित यहाँ पुग्ने गर्दछन।

४६ सय मिटर उचाइमा रहेको छायाक्षेत्रमा पुग्न कठिन जोखिमपुर्ण यात्रा गर्नुपर्छ। छायाक्षेत्रमा पुग्न मुगु जिल्ला सदरमुकाम गमगढिबाट ३ दिन पैदल समय लाग्ने गर्छ।

सती देवीले प्राण त्याग गर्दा विरक्तिएर शिव भगवानले सतिदेविको मृत शरिर बोकि मर्त्यलोक झर्दा सतिवेविको शरीर गल्दै जादा शरिरका विभिन्न अंग पतन भएको र जहाँ जहाँ शरिरका अंग पतन भए ती स्थान शक्तिपिडको रुपमा मानिएको बताइन्छ।

छायाक्षेत्रमा सतिदेविका अन्तिममा बाकी रहेका सबै अंग पतन भएकोले भगवान शिव सतिदेविको मायाले छायाक्षेत्र मै अझै पनि रहेको विश्वास गर्दै हिन्दुहरु श्रदाका साथ छायाक्षेत्रमा पुग्ने र पुज्ने गर्दछन। हिन्दु मात्र होइन छायानाथलाइ बौद्ध धर्मावलम्बीहरु एब्लाङ्ग भगवान सम्झेर पुजा गर्ने गर्दछन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?