नेपाली बजारमा थपियाे सौन्दर्य प्रोडक्ट ‘ट्रु स्किन’

नेपाली बजारमा थपियाे सौन्दर्य प्रोडक्ट ‘ट्रु स्किन’
+
-

काठमाडौँ- नेपाली बजारमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ। 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले प्रोडक्टको एक साथ लन्च गरेकी हुन्।

शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन्। अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुन्। शेखले प्रोडक्ट लन्च गर्दै धेरै ब्रान्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको बताइन्। 

‘मैले धेरै प्रोडक्ट लन्च गरे तर ट्रु स्किनको जस्तो अरू राम्रो भेटिन्। यसलाई सबैले प्रयोग गरेर यसको फाइदा उठाउनु होला,’ उनले भनिन्। 

ब्राण्डको १६ वटा प्रोडक्ट रहेको छ। लक्जरीयस ५० यसपीएफ प्लस क्रिम,लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल बजारमा सार्वजनिक भएको हो।  शेख र अधिकारीले प्रोडक्टको अनावरण गरेका थिए।

शेखले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रु स्किनको प्रभावकारिताबारे समेत बताइन्। नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए। 

ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो। छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे। प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए। त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ।

‘हामीले प्रोडक्टको गुणस्तरलाई ध्यान दिएका छौ। सामान राम्रो भएमा छाला पनि राम्रो हुनेछ,’ उनले भने,’ हामीले विस्तृत रुपमा अध्ययन गरेर यो प्रोडक्ट बजारमा ल्याएका हौ।‘

 ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्नो यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताए। ‘यो उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ। छालालाई स्वस्थ र आकर्षक बनाउने पुरा विश्वास छ,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?