नेपाली खेल मैदानको अवस्थाप्रति होण्डाको असन्तुष्टि, भन्छन्, ‘यहाँ मजाक चलिरहेको छ’

नेपाली खेल मैदानको अवस्थाप्रति होण्डाको असन्तुष्टि, भन्छन्, ‘यहाँ मजाक चलिरहेको छ’
+
-

काठमाडौँ – जापानी फुटबल आइकन तथा भुटानी क्लब पारो फुटबल क्लबका मिडफिल्डर केइसुके होन्डाले नेपाली मैदानको अवस्थाप्रति चर्को असन्तुष्टि देखाएका छन्।

उनले आफ्नो आधिकारिक टिकटक एकाउन्टमा पोस्ट गरेको एक भिडियोमा उनले अभ्यास स्थल र खेल हुने मैदानमा शतप्रतिशत क्षमता प्रदर्शन गर्न सकिने/नसकिने अन्योल रहेको बताए।

एसियाली फुटबल महासंघको तेस्रो डिभिजनको क्लब प्रतियोगिता एएफसी च्यालेन्ज कपको प्रारम्भिक छनोटको पहिलो लेगका लागि नेपाल आएका होन्डाले मैदानका बारेमा असन्तुष्टि देखाए। साथै पारोले पनि मैदान सन्तुष्ट हुने खालको नभएको बताउँदै बएको छ।

पारोलाई प्रशिक्षणका लागि भद्रकालीस्थित आर्मीको मैदान दिइएको थियो। तर मैदानको अवस्थालाई लिएर होन्डाले कडा आलोचना गरे। उनले अभ्यासका लागि मैदानमा पुग्दा सयौं मान्छेहरु घाँस काटिरहेको अवस्था देखेको बताए।

भिडियोमा होन्डाले भने,’मलाई लाग्यो कि यहाँ मजाक चलिरहेको छ। जब हामी प्रशिक्षण स्थल पुग्यौँ त सयौं मानिसहरु घाँस काटिरहेका थिए।’

अभ्यास मैदानको आलोचना गरेका उनले मुख्य मैदान पनि आफूले यसअघि खेलेको मैदानसँग तुलनायोग्य नभएको बताए। उनले भने, ‘खेल हुने मैदान पनि मैले यसअघि खेलेको मैदानसँग तुलना गर्न योग्य छैन। यो मैदानमा हामीले शतप्रतिशत खेल खेल्न सक्छौँ कि सक्दैनौँ। अन्योल छ।’

पारो एफसी र नेपालको चर्च ब्वाइज क्लबले मंगलबार दशरथ रङ्गशालामा पहिलो लेगअन्तर्गत प्रतिस्पर्धा गर्दैछन्। अर्को खेल भने भुटानमा हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?