शिवजीको मूर्ति बोकेर सुरक्षाकर्मीसहित चैनबासी लागे छायानाथ धाम तीर्थ

शिवजीको मूर्ति बोकेर सुरक्षाकर्मीसहित चैनबासी लागे छायानाथ धाम तीर्थ
+
-

मुगु– विश्वका चारधामभित्र पर्ने छायानाथ धामको तीर्थयात्रा शुरु भएको छ। सोमवार छायानाथ रारा नगरपालिका– २ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मी सहित मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धामको तीर्थयात्रा शुरु भएको हो।

हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायानाथ मन्दिरमा रहेको छायानाथ ठाकुर ज्यूको मुर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिए संगै छायानाथ धाम तीर्थ यात्रा शुरु भएको मानिन्छ।

सोमबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगु लगायत, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायानाथ धाममा आउने गर्दछन्।
जनैपूर्णिमामा छायानाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न देशका विभिन्न जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायानाथ मन्दिरका पुजारी सनद कुमार हमालले बताए।

महादेबले शतिदेवीको शवलाई घुमाउदै लैजाने क्रममा छायानाथ पुग्दा सतीदेवीको अन्तिम शेष छायानाथमा पतन भएकाले विश्वका चारवटा धाम मध्य छायानाथलाई जेठो धामका रुपमा मानेर देश भरिका हिन्दु धर्मालम्वीहरुले साउन शुक्ल पुर्णिमाका बेला दर्शन गर्न आउने, पाप कट्टा हुने र मनले सोचेको कुरा पुरा हुने विश्वासले छायानाथ दर्शन गर्न पुग्ने गरेको पुजारीहरुको भनाइ छ।

छायानाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्ट, माला पवित्र बनाउन जाने गरेका छन्। बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायानाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ।

विहीबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी पुर्णिमाको पछिल्लो दिनमा फर्किने गर्दछ। यसैबीच, भोलि नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल रिणमोक्ष मन्दिरमा पनी छायानाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तिर्थालुहरु जाने भएका छन्। त्यहाँ पनि मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गरी आउने गर्दछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?