
झापा- देशभर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई करको दायरामा ल्याउन सरकारले गरेको निर्णयको विरोध गर्दै देशव्यापी आन्दोलनमा होमिन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ झापाले महासंघको केन्द्रीय समितिलाई आग्रह गरेको छ।
आइतबार झापाको चन्द्रगढीमा आन्तरिक राजश्व कार्यालयमा भेला भएका जिल्लाभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूका पदाधिकारीहरू सम्मिलित बैठक आन्दोलनमा होमिन केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको हो।
नयाँ आर्थिक बर्षदेखि देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई करको दायरमा ल्याउन सरकारले उर्दी जारी गरेपछि उनीहरूले देशव्यापी आन्दोलनमा तयारीमा जुटेका हुन्।
जिल्लाभरका स्थानीय तहलाई पनि खानेपानी सम्बन्धी कानुनी व्यवस्था गर्न पनि आइतबारको बैठकले निर्णय गरेको छ। अधिकांश खानेपानी आयोजनाहरू ऋणमा रहेका र खानेपानी संस्था विशुद्ध सेवाप्रदायक भएकाले कर तिर्न नसक्ने खानेपानी संस्थाका पदाधिकारीहरूले बताएका छन्।
निर्णयहरूः