न्यून गुणस्तरको खाद्यपदार्थ उत्पादन गर्ने एक दर्जन उद्योगविरुद्ध मुद्दा

न्यून गुणस्तरको खाद्यपदार्थ उत्पादन गर्ने एक दर्जन उद्योगविरुद्ध मुद्दा
+
-

वीरगञ्ज – वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरअन्तर्गत बारा–पर्साका उद्योगहरुले न्यून गुणस्तरको खाद्यपदार्थ उत्पादन गर्दै आएको भेटिएको छ। उपभोक्ताको स्वास्थयमाथि खेलवाड गर्दै कोरिडोरमा रहेका उद्योगहरुले न्यून गुणस्तरको पानी, घ्यूलगायतका सामानहरु उत्पादन गर्ने गरेको खुलेको हो।

गत आर्थिक वर्ष ०८०/८१ मा कोरिडोरअन्तर्गत पर्ने खाद्यपदार्थ उत्पादन गर्ने उद्योगहरुविरुद्ध १९ वटा मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतलगायतमा दर्ता भएका छन्। गत आवको चैतदेखि जेठ मसान्तसम्म तीन महिनाको अवधिमा गरिएको अनुगमनको क्रममा १२ वटा उद्योगविरुद्ध १९ वटा मुद्दा दर्ता भएका हुन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जले अनुगमन गर्ने क्रममा यहाँ रहेका उद्योगहरुले न्यून गुणस्तरको खाद्यपदार्थ उत्पादन गरेको पाइएपछि जिल्ला प्रशासन र अदालतमा मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सुरेश सिंहले जानकारी दिए। अनुगमनको क्रममा उक्त उद्योगबाट उत्पादित घ्यू न्यून गुणस्तरको पाइएपछि जिल्ला प्रशासन कार्यालयमा पाँच वटा र जिल्ला अदालतमा एउटा मुद्दा दर्ता गरिएको सिंहले बताए। उक्त उद्योगले न्यून गुणस्तरको प्रशोधित पामोलिन तेलसमेत उत्पादन गर्दै आएको छ।

यसैगरी वीरगञ्जमा रहेका चार वटा प्रशोधित पानी उद्योगविरुद्ध पनि मुद्दा दायर भएको छ। वीरगञ्ज महानगरपालिका–४ मा रहेका वीरगञ्ज पियोर ड्रिङ्किङ वाटर, निर्जल जल प्रालि, महानगरको वडा नम्बर १२ मा रहेको गंगेत्री पियोर ड्रिङ्किङ वाटर र बाराको जितपुर सिमरा–७ मा रहेको वीरगञ्ज फुड इन्डस्ट्रिज प्रालिविरुद्ध पनि मुदा दायर भएको छ।

यी उद्योगले लेवलमा गडबड गरेकोले मुद्दा दायर गरिएको हो। त्यस्तै, वीरगञ्ज–३ मा रहेको स्टार स्पाइसेज ड्राइ फूड रि–प्याकेजिङले न्यून गुणस्तरको जिरा गेडा तयार गरेकोले मुद्दा दायर गरिएको छ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पर्सा र बारा दुवै जिल्लामा खाद्यपदार्थ उत्पादन गर्ने उद्योगको अनुगमनको जिम्मा पाएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कर्मचारीको अभावका कारणले कार्यालयले वर्षमा कहिलेकाहीँ मात्रै अनुगमन गर्ने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?