प्रचण्डले संसदमा भनेः टिआरसीमा आममाफी दिन लागेको होइन

प्रचण्डले संसदमा भनेः टिआरसीमा आममाफी दिन लागेको होइन
+
-

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिआरसी विधेयकले आममाफी दिन नखोजेको प्रष्ट पारेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले धेरै छलफल गरेर उक्त विधेयकलाई टुंगोमा पुर्याएको दावी गरेका छन्।

उनले भने,‘हामीले धेरै छलफल गरेर विधेयकलाई टुंगोमा पुर्याएका छौँ। त्यसमा धेरै शंका गरियो। हामीले गरेको सहमतिमा अन्तरास्ट्रिय समुदायको पनि समर्थन छ। त्यसो भएकाले अब संक्रमणकालीन न्याय टुंगोमा पुग्ने विश्वास छ।  प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका छन् ।

प्रचण्डले भने,‘यदि यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता र स्थापित गर्ने काम ठुलो स्केलमा हुने थियो होला’ उनले थपे‘संसारभर चल्ने यस प्रकारका युद्ध कि त हारमा परिणत भएका छन् कि जितमा।’ त्यसकारण नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रूपमा रहेको भन्दै यसको अनुभव पनि मौलिक रहेको बताए।

उनले हाम्रै माटो, गृह जलवायु, संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नक्कल नरहेको बताए। राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढंगले स्थापित गरेको बताए ।

सेना समायोजन र हतियार व्यवस्थापन पेचिलो भए पनि नेतृत्वले जोखिम उठाएर जनताको विश्वास नजितेको भए हतियार र सेना समायोजन सम्भव नहुने पनि अवस्था रहेको बताए । सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत आफ्नो पार्टी विभाजन भए पनि देश बचेको प्रचण्डको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?