सदनमा प्रचण्डको चिन्ताः शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की ?

सदनमा प्रचण्डको चिन्ताः शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने  बेला व्यवस्थामा नै संकट पर्ने हो की ?
+
-

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताए। उनले संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताए। उनले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको बताए।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने बेला व्यवस्थामा नै संकट पर्नसक्ने चिन्ता व्यक्त गरे। अहिले समाजमा अराजकता फैल्याउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताए। एक अर्काप्रति निषेधको नभइ हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए।

प्रचण्डले भने,‘हामीले संविधान जारी हुँदासम्म जसरी राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन ग¥यौँ, यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ। संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा भएका छैनन्। संविधान जारी भएपछि भने उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो।’

उनले थपे,‘त्यो जनताले अपेक्षागरेअनुसार पूरा गर्न सकिएको छैन। अहिले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की, फेरि शान्ति सम्झौतामा हामीले गरेको सहमतिमै धरापमा पर्ने हो की भन्ने प्रश्न पनि छ। म यस सन्दर्भमा पनि सम्माननीय प्रधानमन्त्रीजी र सभापति शेरबहादुर देउवाजीलाई धन्यवाद भन्न चाहन्छु। तपाईंहरुले भनेको जस्तै अहिले समाजमा एउटा प्रवृत्ति देशमा अराजकता फैल्याउने, सबै सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोज्दैछ।’

‘यसलाई प्रतिवाद गर्न यो परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु, सबै संघसंस्थाहरु लोकतन्त्रप्रति विश्वास गर्ने, साँचो अर्थमा विश्वास गर्नेहरु समझदारीकासाथ अघि बढ्नुपर्ने आवश्यकता छ। हाम्रो वरिपरी, हाम्रो छिमेकतिर, हाम्रो दक्षिण एशियामा राजनीतिक घटनाक्रमहरु जसरी अघि बढेका छन्, ति सबैले हामी सबैलाई गम्भीर हुन, एक अर्काप्रति निषेधको होइन, एक अर्कासँग हातेमालो गरेर यो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने आवश्यकता झन बढेको छ ।’ प्रचण्डले भने।

अध्यक्ष दाहालले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढिकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए। चुनौतिको सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको बताए। उनले अहिले पनि शहीद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताए। उनले शान्तिकोष स्थापना गर्नेकुरा बजेटमार्फत सुनिश्चित गरेपनि कार्यान्वयन अझै सुरु नभएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?