पर्सामा एक वर्षमा १९ जनाद्वारा नागरिकता परित्याग, सत्र हजारले लिए नयाँ नागरिकता

पर्सामा एक वर्षमा १९ जनाद्वारा नागरिकता परित्याग, सत्र हजारले लिए नयाँ नागरिकता
+
-

वीरगञ्ज – ०८०/८१ मा पर्सा जिल्लाबाट नागरिकता लिएका १९ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार वर्षभरिमा उक्त संख्यामा नेपाली नागरिकले नागरिकता परित्याग गरेका हुन्।

बितेका तीन आर्थिक वर्षमध्ये सबैभन्दा बढी ०८०/८१ मै पर्साबाट नागरिकता परित्याग गरिएको छ। ०७९/८० मा भने ६ जनाले पर्साबाट नेपाली नागरिकता परित्याग गरेका थिए। यस आँकडाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बितेको आवमा तीन गुणाभन्दा बढी मानिसले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेका हुन्।

जबकि ०७८/७९ मा १२ जनाले पर्साबाट नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासनको तथ्यांकमा उल्लेख छ। बिदेशमा गएर काम गर्ने अर्थ उपार्जन गर्ने मानिसले बढीजसो नागरिकता परित्याग गर्ने गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार नराम्रा भन्दा पनि राम्रा मानिसले नागरिकता परित्याग गर्छन्।

यस्तै, पछिल्लो समय आएको राष्ट्रिय परिचय पत्रमा बायोमेट्रिक गर्ने सुबिधाले गर्दा दाेहोरो नागरिकता लिनेहरु समातिने डरले पनि दोहोरो नागरिकताधारीले आफैँले नागरकता परित्याग गर्ने गरेका छन्। ०८०/८१ मा पर्सा जिल्लाबाट १७ हजार ६२९ जनाले नयाँ नागरिकता लिएका छन्। बितेका आवमा १३ हजार ३४२ जनाले नेपाली नागरिकताको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएका छन्।

अघिल्लो आर्थिक वर्षमा भने १६ हजार २५८ जनाले नयाँ नागरिकता पर्साबाट पाएका थिए भने १३ हजार ६१२ जनाले प्रतिलिपि नागरिकता प्राप्त गरेका थिए।०७८/७९ मा भने १७ हजार ८५८ जनाले नयाँ नागरिकता जिल्ला प्रशासनबाट प्राप्त गर्दा दस हजार ८११ जनाले प्रतिलिपl बनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?