
झापा – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा ठूलो बाढी आउँदा तीन वटा घर बगेका छन्।
शुक्रबार दिउँसो माथिबाट एक्कासी आएको बाढीले तीन घर बगाएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्। प्रजिअ पाण्डेका अनुसार चार/पाँच वटा घर बाढीको जोखिममा रहेका छन् भने एउटा होस्टेल आधा बगाएको छ।
बाढीको यकीन कारण थाहा भइनसकेको उनले बताइन्। पहिरोले खोला थुनिएर पछि बाढी आएकोजस्तो देखिएको उनको भनाइ छ।
उनले भनिन्,’पहिरोको कारणमा चाहिँ यसो हेर्दा खेरी पहिरोले खोलालाई अलिकति रोकेर त्यहीँबाट खोला गएकोजस्तो देखिन्छ। हिमपहिरो होजस्तो पनि देखिएन अहिले हेर्दाखेरी। तर यकीन हुनसकेको छैन।’
अहिलेसम्म मानवीय क्षतिको विवरण आइनसकेको र पाँच/सात जनालाई नेपाली सेनाले उद्धार गरेको प्रजिअ पाण्डेले जानकारी दिइन्।