यू-२० साफ च्याम्पियनसिप: खेल तालिका परिवर्तन, अब समूहचरण सातदोबाटोमा

यू-२० साफ च्याम्पियनसिप: खेल तालिका परिवर्तन, अब समूहचरण सातदोबाटोमा
+
-

काठमाडौं- साफ यू-२० च्याम्पियनसिप अन्तत औपचारिक रुपमा दशरथ रङ्गशालाबाट सातदोबाटो सरेको छ। एन्फाले आज खेल तालिका परिवर्तन गर्दै लिग चरणका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा गर्ने निर्णय गरेको हो।

एन्फाले यसअघि दशरथ रंगशालामा ४ बजेबाट सुरु हुने खेल तालिका परिवर्तन गर्दै एन्फा कम्प्लेक्समा ३ बजेबाट सुरु गर्ने जनाएको छ। यद्यपि अहिले समूहचरणको मात्र खेल तालिका जारी गरिएको छ।

दशरथ रंगशालामा खेल नहुने भएसँगै आज (शुक्रबार) साफका म्याच कमिस्नर अबदुल हमिद अबदुल गफरले मैदान प्रतियोगिताका लागि अयोग्य रहेको भन्दै आफ्नो प्रतिबेदन बुझाएका छन्। त्यसपछि एन्फाले प्रस्ताव गरेको दोस्रो भेन्यु एन्फा कम्प्लेक्समा खेल हुन लागेको हो।

उद्घाटन खेलमा नेपालले श्रीलंकासँग दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा नेपाल सहित ६ देशले सहभागिता जनाउँदै छन्। समूह ‘ए’ मा आयोजक नेपाल, बंगलादेश र श्रीलंका रहेका छन्। भने समुह बी मा भारत,माल्दिभ्स र भुटान रहेका छन्। दुबै समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?