वर्तमान सरकार भ्रष्टाचारी जोगाउन बनेको नारायणकाजीको आरोप

वर्तमान सरकार भ्रष्टाचारी जोगाउन बनेको नारायणकाजीको आरोप
+
-

काठमाडौँ–नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरु बेदाग भएर सरकारबाट निस्किएको बताए।

श्रेष्ठले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरुका लागि महत्वपूर्ण रहेको बताए। उनले इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकताबद्ध, सुदृढ गर्ने रहेको बताए। पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरि गोलबन्दी हुनुपर्ने बताए। पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको बताए।

उनले भने ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ। अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छँदैछ। हामीले भन्नु पनि पर्दैन। भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक, सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?