कांग्रेस र एमालेका शीर्ष नेताको भावभंगीले मविरुद्ध षड्यन्त्र हुन्छ भन्ने लागेको थियो: प्रचण्ड

कांग्रेस र एमालेका शीर्ष नेताको भावभंगीले मविरुद्ध षड्यन्त्र हुन्छ भन्ने लागेको थियो: प्रचण्ड
+
-

काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गठबन्धन फेरेर एमालेको समर्थनमा विश्वासको मत लिने क्रममै कांग्रेस र एमालेका शीर्ष नेताको भावभंगीले आफूविरुद्ध षड्यन्त्र हुन्छ भन्ने संकेत पाएको खुलासा गरेका छन्।

पोष्टवहादुर बोगटी स्मृति दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यहि दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताए।

‘मैले गठबन्धन फेर एमालेको समर्थनमा सरकार बनाएपछि पहिलोपटक विश्वासको मत लिने क्रममा एमाले नेताले बोल्दै गर्दा हाम्रो बोलचाल बन्द भयो,बोलचाल फर्काउनुपरो भनेर वर्तमान प्रधानमन्त्रीले मन्चबाट भनेको र तलबाट कांग्रेस सभापतिले टाउको हल्लाएर अब खोल्ने हो भनेको।’

प्रचण्डले भने,‘त्यो बडो प्रतिकात्मक थियो,मैले बुझिहालेँ । मानिसहरुले त्यसलाई कम ध्यान दिए तर त्यो बुझेर मैले उहाँहरुलाई तपाईहरु मिल्नुस् हामी प्रतिपक्षमा बस्छौं भनेकै हो । माथिबाट बोलचाल बन्द भयो भन्नु र तलबाट हुन्छ हुन्छ भनेको । त्यहि दिनबाट षडयन्त्र हुन्छ भन्ने देखिएको थियो।’

‘गत फागुन २४ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले एमालेको समर्थनमा सरकार बनाएपछि विश्वासको मत लिने क्रममा ओलीले रोष्टमबाट कांग्रेस सभापति देउवा आफूसँग भेट्न र बोल्न समेत डराएको भन्दै बसौं छलफल गरौं भनेका थिए।’ उनले भने।

त्यसक्रममा देउवाले तलबाट टाउको हल्लाएर समर्थन जनाउँदै हुन्छ अब बोल्ने भनेका थिए । त्यसप्रति प्रचण्डले आज आएर कटाक्ष गरेका हुन् ।अध्यक्ष प्रचण्डले आफ्नो सरकारको भ्रष्टाचार विरोधी अभियानबाट डराएर र कारवाहीमा परिन्छ भनेर कांग्रेस एमाले मिलेको आरोप समेत लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?