रक्षामन्त्री राईले गरे थामे क्षेत्रको अवलोकन, सतर्क रहन आग्रह

रक्षामन्त्री राईले गरे थामे क्षेत्रको अवलोकन, सतर्क रहन आग्रह
+
-

काठमाडौँ – रक्षामन्त्री मानवीर राईले खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रको अवलोकन एवं निरीक्षण गरेका छन्।

शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर लेदोसहितको बाढी आएको थियो। जसबाट गाउँपालिकाका केही घरहरु डुबानमा परेका छन्। केही घरहरुको पूर्ण क्षति भएको छ।

हिम पहिरो बाढीका रुपमा आएसँगै गाउँ क्षतिग्रस्त भएको हो। निरीक्षणका क्रममा मन्त्री राईले गाउँवासीलाई होशियारीका साथ रहन आग्रह गरे। उनले तत्काल गर्नसक्ने जति आफूले गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा राखेर थप निर्णय लिइने बताए।

उनले भने, ‘तपाईंहरुलाई होशियारका साथ रहन अनुरोध गर्न चाहन्छु। तत्काल हामी के गर्नसक्छौँ? प्रदेश सरकारका प्रतिनिधि र स्थानीय तह एवं केन्द्र सरकारबाट के गर्न सकिन्छ त्यो गर्नेछौँ। हामी यहाँको समस्या जस्ताको त्यस्तै सम्माननीय प्रधानमन्त्रीसमक्ष राख्नेछौँ।’

सो क्षेत्रमा अहिले पनि उद्धार र राहतको कार्य भइरहेको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाले विपद्मा परेका स्थाानीयहरुलाई उद्धार र राहतको काम जारी रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?