हावाहुरीका कारण झापामा ठूलो क्षति

हावाहुरीका कारण झापामा ठूलो क्षति
+
-

झापा- गएराति आएको हावाहुरीले झापामा ठूलो क्षति पुर्‍याएको छ। चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको छ।

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ –०२३च ५०९३ नं को कारमा क्षति पुगेको हो। कारमा पाँच जना सवार रहेकोमा कसैलाई केही पनि नभएको चारआली प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक टंक कोइरालाले जानकारी दिए।

रुख ढलेर अवरुद्ध भएको राजमार्गलाई जेसीबी लगाएर राति नै चालु गराएको उनले बताए।

हावाहुरीले बिजुलीको पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ। चारआली क्षेत्रमा ५–६ वटा बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका कर्मचारी युवराज न्यौपानेले बताए।

उनले चारआली क्षेत्रमा राति नै विद्युत् सुचारु गरिएको बताउँदै धुलावारी क्षेत्रमा अवरुद्ध नै रहेको जानकारी दिए। मेचीनगरको धाईजन, धुलाबारी, काँकडभिट्टामा पनि विद्युत अवरुद्ध रहेको जनाइएको छ।

हावाहुरीले आफूहरुको क्षेत्रमा निकै क्षति पुर्याएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए। उनले बिजुलीको पोल र तारसंगै वडाबासीहरुको घरहरूमा पनि क्षति पुगेको जानकारी दिए। घरहरूमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले बताए।

हावाहुरीले विभिन्न ठाउँहरुमा रुख ढालेर क्षति गरेको जानकारी आएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले मानवीय क्षति नभएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?