मुस्कानसहितको प्रहरी सेवाले मात्र पुगेन, मुस्कान दिने सेवा चाहियोः विश्वप्रकाश शर्मा

मुस्कानसहितको प्रहरी सेवाले मात्र पुगेन, मुस्कान दिने सेवा चाहियोः विश्वप्रकाश शर्मा
+
-

झापा – नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले मुस्कानसहितको प्रहरी सेवा मात्र नभएर मुस्कान दिने प्रहरी सेवा चाहिने बताएका छन्।

उनकै क्षेत्र झापा–१ बुद्धशान्ति गाउँपालिकामा वडा नं ४ मा स्थापित अस्थायी प्रहरी चौकी उद्घाटन कार्यक्रममा बोल्दै सांसद शर्माले प्रहरीले मुस्कान दिएर नपुग्ने बताए। उनले प्रहरीको सेवाले जनतामा मुस्कान ल्याउनुपर्ने बताए।

उनले भने, ‘मैले भन्ने गरेको छु, प्रहरीको मुस्कानले मात्र पुग्दैन। प्रहरीको सेवाले जनतामा मुस्कान ल्याउनुपर्छ।’

उनले झापाका सुरक्षा निकायका प्रमुखहरूलाई यही विषयमा ध्यान दिन आग्रह गरे। शर्माले भने, ‘झापाको सुरक्षा निकायले यस विषयमा अग्रणी भूमिका खेलोस्।’

अर्को एक प्रसंगमा सांसद केही दिन अन्य काममा व्यस्त हुँदा ‘सांसद हरायो’ भनेर व्यानर ननिकाल्न उनले आग्रह गरे। केही महिनाअघि झापाको मेचीनगर १५ मा पर्ने निन्दा खोलामा झोलुंगे पुल अलपत्र परेको भन्दै केही स्थानीय युवाले उनीलगायत प्रदेश सांसदको फोटो टाँसेर ‘सांसद हराएको सूचना’ उल्लेख गरिएको पोस्टर प्रदर्शन गरेका थिए।

सांसद शर्माले भने, ‘कहिलेकाहिँ सरकारले पनि ठेकेदारहरूलाई भनेका बेला पैसा दिन सक्दैन। निर्माणाधीन कामहरू सम्पन्न हुन केही ढिलो हुन्छ। त्यतिमै सांसद हराएको सूचना भनेर पोस्टर नै बोक्नु त भएन नि।’

उनले ३० वर्षसम्म अन्य सांसद हराउँदा केही नभन्ने आफूले गर्दै गरेको काम केही ढिलो हुँदा सांसद हराएको भनेर पोस्टर प्रदर्शन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?