
वीरगञ्ज- बितेको आर्थिक वर्ष ०८०/८१ मा बारा र पर्सामा करिब बीस हजार जनाले राहदानी लिएका छन्।
विदेश जानको लागि भनेर जिल्ला प्रशासन कार्यालय, पर्साबाट बितेको आवमा आठ हजार ४१३ जनाले राहदानी बनाएका छन्। जबकि अघिल्लो आवमा पर्साबाट दश हजार २० जनाले राहदानी बनाएका थिए।
राहदानीवापत जिल्ला प्रशासन कार्यालयले चार करोड तीस लाख ५५ हजार राजश्व संकलन गरेको छ। एउटा राहादनी सिफारिस गरेबापत जिल्ला प्रशासनले पाँच हजार शुल्क लिने गरेको छ।
यसैगरी, बारामा भने दस हजार ४४२ जनाले राहदानी लिएका छन्। जिल्ला प्रशासन कार्यालयले जारी गरेको वार्षिक तथ्यांकअनुसार सोमध्ये ६४ जना नाबालकहरूको पनि राहदानी बनेको छ।
नाबालकको हकमा उनीहरूको अभिभावकले निवेदन दिएर राहदानी बनाउन मिल्ने व्यवस्था छ।
जिल्ला प्रशासन कार्यालयबाट नाबालकको राहदानी बनाउन दुई हजार पाँच सय शुल्क लाग्ने गरेको छ। राहदानी सिफारिसवापत बितेको आवमा पाँच करोड ७३ लाख ४० हजार राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय, बाराले जनाएको छ।
विदेशमा काम गर्न जाने मानिसहरूले बढी संख्यामा राहदानी बनाउने गरेको जिल्ला प्रशासनको भनाइ छ। यस्तै, विदेश गएर अध्ययन गर्नको लागि विद्यार्थीहरूले पनि राहदानी बनाउने गरेका छन्।