झापाको मेचीनगरका थापा हङकङमा गम्भीर अवस्थामा उपचाररत्, खर्च नै नाघ्यो ६ लाख डलर

झापाको मेचीनगरका थापा हङकङमा गम्भीर अवस्थामा उपचाररत्, खर्च नै नाघ्यो ६ लाख डलर
+
-

झापा- झापाको मेचीनगर नगरपालिका- १० धुलाबारी बजार नजिक स्थायी बसोबास गर्ने ४८ बर्षीय उत्तम थापा अहिले हङकङको एउटा अस्पतालमा जीवन-मरणको दोसाँधमा रहेका छन्।

करिब तीन महिना अघि गैरकानुनी रुपमा चीनबाट हङकङ जाने क्रममा बोट ‘क्रयास’ भएर समुद्रबाट उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको बताइन्छ। तर, के भएर बोट क्र्यास भयो भन्ने कुराको प्रमाण कसैले पनि दिन सकेको छैन।

बोट क्रयास हुँदा त्यो बोटले थापाको टाउकोमा लागेर उनी गम्भीर घाइते भएको हुनसक्ने हङकङस्थित महावाणिज्य दूतावासको छ। महावाणिज्यदूत उदय रानाले देशसञ्चारसंग भने, ‘उहाँलाई अस्पताल लगेर उहाँ नेपाली नागरिक हो भन्ने पत्ता लागेपछि महावाणिज्य दूतावासमा खबर आयो। मैले नेपालमा सम्पर्क गर्दा उहाँ मेचीनगरबासी हो भन्ने पत्ता लाग्यो।’

थापाको ब्रेनमा रगत जमेकाले उनको अवस्था दयनीय बन्दै गयो। टाउकाको बाहिरीपट्टिको हड्डी ‘स्कल’ खोलेर केही दिन राखिएको हङकङमै बसोबास गर्ने नेपाली काँग्रेसका एक जना नेता बसन्त श्रीनेतले जानकारी दिए। निकै लामो समय भ्यान्टिलेटरमा राखेर उपचार गराइरहेका थापाले केही दिन अघि परिवारको कुरा गर्दा आँसु खसालेको उनले जानकारी दिए। तर बोल्ने/खाने अवस्था अहिले पनि नरहेको उनले बताए।

महावाणिज्य दूतावासले एक जना अधिकृत नै खटाएर थापाको अवस्थाका बारेमा बुझ्न र सम्पर्क गराउन गरेको महावाणिज्यदूत रानाले जानकारी दिए। अहिलेसम्म उनको उपचारमा ६ लाख हङकङ डलर खर्च भइसकेको अनुमान गरिएको उनले बताए।

उनले भने, ‘५ लाख हङकङ डलर (नेपाली रुपैयाँ एक करोड भन्दा माथि) को बिल १५ दिन अघि अस्पतालले हामीलाई पठाएको छ। त्यो बिल कसरी तिर्ने भन्ने चिन्ता छ। सरकारको पनि त्यो बिल तिरिदिने अवस्था छैन। गैरकानुनी रुपमा हङकङ पसेकाले यहाँको सरकारलाई उपचार गराउन दबाब दिने अवस्था पनि छैन।‘

आउने अगष्ट २८ तारिक अस्पतालले के गर्ने भन्ने निर्णय दिने बताएको महावाणिज्यदूत रानाले बताए। उनले भने, ‘अस्पतालले डिस्चार्ज दिएको अवस्थामा कसरी नेपाल पठाउन सकिन्छ भनेर अन्तर्राष्ट्रिय झापाली समाजसंग कुरा गरिरहेका छौं।’

थापाको उपचार भइरहेको प्रिन्सेस मार्गरेट हस्पिटलका चिकित्सकहरूले थापालाई ‘अब परिवारसंगै राख्दा हुने’ भन्ने प्रतिक्रिया दिइरहेका बसन्त श्रीनेतले बताए। चिकित्सकहरूले थापाको अवस्थामा अहिले नै सुधार आएको भन्न नमिल्ने बताएको उनले बताए।

थापाको अवस्थाका बारेमा विशेष चासो राखेका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनको उपचारमा भएको खर्च व्यवस्थापनमा चुनौती रहेको र परिवारको कुरा गर्दा आँसु झारेकाले उनको सेन्स फर्केको अनुमान लगाउँदै उनलाई ठिक हुन्छ भन्ने आफूले आशा राखेको बताए।

उनले भने, ‘भरसक त्यतै उपचार गराउने कुरामा हामी पनि लागेका छौं। त्यहाँ रहेका नेपालीहरूलाई थापाको उपचारमा सहयोग गरिदिन म अपिल पनि गर्दछु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?