बंगलादेशबाट युएई सर्यो महिला विश्वकप

बंगलादेशबाट युएई सर्यो महिला विश्वकप
+
-

काठमाडौँ- महिला टी-२० विश्वकप २०२४ बंगलादेशबाट युएई सरेको छ।

आइसीसीले असुरक्षाको कारण देखाएर प्रतियोगिता बंगलादेशबाट युएइ सारेको हो। युएईमा विश्वकप आयोजना हुने भए पनि आयोजनाको अधिकार भने बंगलादेशकै रहने छ।

बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो। विद्यार्थी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर भारतको शरणामा पुगेकी थिइन्।

त्यहाँ अहिले अन्तरिम सरकार गठन भएको छ। तर, बंगलादेशबाट तोडफोड र लुटपाटका साथै हिंसात्मक गतिविधिका घटनाहरू निरन्तर भइरहेकाले आइसीसीले यो निणर्य गरेको हो।

बंगलादेश सरकारले विश्वकप आयोजना बंगलादेशमै गर्ने प्रयास गरेको जनाएको छ। तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायतलगायत देशले आफ्ना नागरिकलाई बंगलादेश जान रोक लगाएको छ।

यसअघि आइसीसीले विश्वकप आयोजना बिसिसिआईलाई गर्न आग्रह गरे पनि भारतले अस्वीकार गरेको थियो। विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि युएई, श्रीलंका र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए।

युएईले यसअघि सन् २०२१ को पुरुष टी-२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो। १० टोलीको सहभागिता रहेको प्रतियोगिता ३ देखि २० अक्टोबरसम्म सञ्चालन हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?