रविको बयानः गोरखा मिडिया नेटवर्कमा कहाँबाट पैसा आयो मलाई थाहा छैन

रविको बयानः गोरखा मिडिया नेटवर्कमा कहाँबाट पैसा आयो मलाई थाहा छैन
+
-

काठमाडौँ – गोरखा मिडिया नेटवर्कका तत्कालीन शेयर सदस्यसमेत रहेका प्रबन्ध निर्देशक रवि लामिछानेले संस्थामा कहाँबाट पैसा आयो आफूलाई जानकारी नभएको बताएका छन्।

शुक्रबार सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिसमक्ष आफ्नो जिम्मेवारी प्रशासनिक तहमा मात्रै भएकाले कम्पनीमा आएको पैसाबारे जानकारी नभएको बयान दिएका हुन्।

लामिछाने गोरखा मिडियामा शेयर सदस्य तथा निर्देशक हुँदा विभिन्न सहकारीबाट अवैध रुपमा ८० करोडभन्दा बढी रकम आएको तथ्य सार्वजनिक भएको छ। तर, लामिछानेले छानबिन समितिसमक्ष पैसा स्रोतबारे अध्यक्ष जिवी राईलाई नै जानकारी हुने उल्लेख गरेको समितिका एक सदस्यले जानकारी दिए।

लामिछानेले समितिमा दिएको बयानबारे जानकारी दिँदै सभापति सूर्य थापाले भने, ‘आफू संस्थाको प्रबन्ध निर्देशकका रूपमा संस्थामा सामान्य रूपमा दैनन्दिन प्रशासकीय आन्तरिक काममा संलग्न रहेको तर कार्यकारी प्रमुखको रूपमा आर्थिक स्रोत जुटाउनेलगायतका कामहरु जिवी राईले गर्ने गरेको हुनाले कहाँबाट कसरी रकम प्राप्त भयो भन्ने जिवी राईलाई थाहा हुने विषय राख्नुभएको छ।’

लामिछानेले आफ्नो नाममा प्रवाह गरिएको भनिएको रकममा हस्ताक्षर नगरेको दाबी गरेका छन्। थापाले भने, ‘उहाँले कागजात नागरिकतासहितका चिजहरू समावेश नभएको स्पष्ट गर्नुभएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?