
काठमाडौं- यू-२० साफ च्याम्पियनसिप फुटबलको जारी पहिलो सेमिफाइनल खेलमा नेपाल भुटानसँग १-० ले पछि परेको छ। नेपाल विरुद्ध भुटानले अग्रता बनाउँदै नेपालमाथि दबाब दिएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमै भुटानले अग्रता लिएको हो।
भुटानका लागि ५६ औं मिनेटमा जेत्सुन दोर्जेले डिबक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत हुँदा नेपाली यूवा टिम १-० ले पछि परेको हो। नेपालले त्यसअघि पहिलो हाफमा गोलका अवसर बनाएपनि गोल गर्न भने सकको थिएन्।