संसदीय समितिमा सांसदहरुको प्रस्तावः वायुसेवा निगमलाई निजीकरण गरौँ

संसदीय समितिमा सांसदहरुको प्रस्तावः वायुसेवा निगमलाई निजीकरण गरौँ
+
-

काठमाडौँ – संसदीय समितिमा सांसदहरुले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन्।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

भार जस्तो ठूलो देशमा एयर इण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरुको धारणा थियो। सांसदहरुले निजी कम्पनीका जहाजहरु अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरु सुन्न नपर्ने तर नेपाल वायुसेवा निगमका चार वटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए।

उनीहरुले एउटा जहाज एक महिनाभित्र सी चेक भएर नेपाल आउनु पर्ने भए पनि चार पाँच महिनासम्म आउन नसक्नुको निगम अध्यक्षसँग कारण माग गरे।

नेकपा एमालेका सांसद भट्टचनले निगमले हवाई जहाज चलाउन नसकेको दाबी गरे। उनले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औँल्याए। उनले सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद जबराले नेपाल वायुसेवा निगमको वर्तमान समस्या निजीकरण भए मात्रै समाधान हुने उल्लेख गरे। उनले सबै समस्या हल गरी राम्रोसँग निगम सञ्चालन गर्न निजीकरण गर्नुपर्ने धारणा राखे।

नेकपा एमालेकी सचेतक सुनिता बरालले व्यापार हुने समयमा चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड भएको भन्दै नेतृत्वको क्षमतामाथि प्रश्न उठाइन्। उनले निगमको नेतृत्व जहाज सञ्चालन गर्ने सन्दर्भमा जिम्मेवार नभएको आरोप लगाइन्।

नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले नेपाल वायुसेवा निगमका ७५ प्रतिशत जहाज ग्राउण्डेड रहेको बताए। उनले चार वटा जहाजमा एउटै समयमा ३ जहाज ग्राउण्डेड हुने विश्वका कुनै पनि देशमा नहुने उल्लेख गरे। उनले जहाज मर्मतको लागि इजरायल, इटली जाँदा फर्कंदै नर्फकनुको कारण के हो? भन्दै प्रश्न गरे।

नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सार्वजनिक खरिद ऐन पुरानो भएको कारण पनि जहाज मर्मतलगायत समस्या भएको बताए। उनले निगमको संरचनागत सुधार गर्न पनि आवश्यक रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जहाजका पार्ट्सहरु कुन समयमा बनाउनुपर्छ भन्ने सबै सेड्युलमा हुँदा पनि ३ जहाज एकै पटक ग्राउण्डेड हुनु राम्रो नभएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?