
झापा- झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन्। महिलाले भिडियो कल गरेर आत्महत्या गरेका पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन्।
अर्जुनधार नगरपालिका-६ लक्ष्मीटोलकी अन्दाजी २४ की नम्रता पाठकले आज बिहान सोही स्थानका कृष्ण ढुंगेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन्।
पूजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आज बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
त्यसको केही समयपछि ढुंगेलले पनि घरमा कोही नभएक समयमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको पाइएको छ।
पाठकले वाट्सएपमा ढुंगेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन्। प्रहरीले उनीहरूबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ। प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेकाे छ।