
अ
+
अ
अ
-
काठमाडौँ – गृहमन्त्री रमेश लेखकको समुपस्थितिमा सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुन परिमार्जनकाल लागि तयार पारिएको मस्यौदाबारे आज छलफल भएको छ।
सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोक काठमाडौँका आज सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी दर्ता हुन लागेको नयाँ विधेयकका मस्यौदामाथि छलफल भएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।
मस्यौदामाथिको छलफलमा गृहमन्त्री रमेश लेखक, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त गृहसचिव नारायणप्रसाद भट्टराईलगायतको सहभागिता थियो।
उनीहरू समक्ष गृहमन्त्रालय कानुन महाशाखाका सहसचिव भरतमणि रिजाल र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालले सशस्त्र प्रहरी बल, नेपालको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित विधेयकको मस्यौदा प्रस्तुत गरेका थिए।
उक्त मस्यौदाका १६ वर्षे पेन्सन अवधि, अवकाश उमेर हद, ३० वर्षे सेवा अवधिलगायतका विषयमा छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका पदाधिकारी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतको सहभागिता रहेको थियो।