एन्फा महिला लिग: दुबै खेल बराबरीमा सकिए

एन्फा महिला लिग: दुबै खेल बराबरीमा सकिए
+
-

काठमाडौं-  एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी महिला लिग फुटबलमा मंगलबार भएका दुबै खेल बराबरीमा सकिएका छन्। दिनको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १-१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा विभागिय डर्वी भिडन्तमा नेपाल पुलिस र एपिएफले गोलरहित बराबरी खेले।

दिनको पहिलो खेलमा कर्णालीले सातौं मिनेटमै अग्रता बनायो। कर्णालीलाई अग्रता दिलाउने क्रममा सुनकला राईले गोल गरेकी थिइन। तर पहिलो हाफमै खेलमा फर्कने क्रममा चन्द्रपुरका लागि रजनी थोकरले इन्जुरी समयमा गोल गरेकी थिइन।

त्यस्तै दिनको दोस्रो खेलमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब र नेपाल एपिएफ बिच गोलरहित बराबरी भयो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुबै टोलीले गोलका केही राम्रा अवसर खेर फालेका थिए। तुलनात्मक रुपमा एपिएफले धरै मौका सृजना गरेपनि सफल हुन सकेन्। भारी बर्षाका कारण खेल करिब आधा घण्टा ढिला सुरु भएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्ने छन्। बुधवार लिगमा संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?