महिला खेलाडीका लागि ‘तीज स्पेशल’ चेस प्रतियोगिता हुँदै

महिला खेलाडीका लागि ‘तीज स्पेशल’ चेस प्रतियोगिता हुँदै
+
-

काठमाडौं- हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई लक्षित गर्दै ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ।

शुक्रबार हुने एक दिने प्रतियोगिता थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस हलमा सञ्चालन गरिने छ। एकेडेमीकी संस्थापक मोनालिशा खम्बूकाअनुसार प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहने छ।

नेपालकी पहिलो राष्ट्रिय बुद्धिचाल प्रतियोगिताकी विजेता उनी नेपाल बुद्धिचाल महासंकी उपमहासचिव तथा विश्व बुद्धिचाल महासंघको महिला आयोगकी सदस्य पनि हुन्।

‘महिलाहरूको पर्व तीजको अवसरमा दिदीबहिनीहरूले चेस खेल्दै रमाइलो गर्नुको साथै एकअर्कालाई साथ दिँदै महिला सशक्तिकरणमा थप ऊर्जा दिन सकौं भनेर प्रतियोगिता आयोजना गरिएको हो।’ एकेडेमीकी संस्थापक खम्बू भन्छिन् ‘स्वीस प्रणालीअनुसार पाँच चरणमा हुने प्रतियोगितामा महिला खेलाडीमात्रै सहभागि हुन पाउने छन्। आर्बिटरलगायत प्राविधिक पक्ष पनि महिलाले नै सम्हाल्नेछन्।’

‘तीज स्पेशल टोर्नी २०२४’  मा प्रत्येक खेलाडीले हरेक खेलमा १० मिनेटसँगै प्रतिमुभ १० सेकेन्ड उपयोग गर्न पाउने छन्। प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडलसँगै आकर्षक पुरस्कार प्रदान गर्ने बताइएको छ।

२०८० साल चैत्र १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले प्रतियोगिता आयोजना गर्न लागेको तेस्रो अवसर हो यो । उसले यसअघि असार ८–९ गते एसईई कप र साउन ५ गते हिमालयन १०० (फिडेको १ सयौं बार्षिकोत्सवको अवसरमा गिनिज वल्र्ड रेकर्ड्सको लागि) सफलतापूर्वक आयोजना गरेको थियो ।

एकेडेमीले प्रशिक्षण र प्रतियोगिता आयोजनासँगै व्यवस्थापन पनि गर्दै आएको छ । हप्ताको दुई दिन विभिन्न कोर्समा ७३ जना खेलाडी/विद्यार्थीलाई नियमित प्रशिक्षण गराउँदै आएको एकेडेमीले चेसको अनलाइन ट्रेनिङ पनि सञ्चालन गरिरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?