एन्फा महिला लिग: आर्मीको संकटामाथि सहज जित

एन्फा महिला लिग: आर्मीको संकटामाथि सहज जित
+
-

काठमाडौं- सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी एन्फा महिला लिग फुटबलमा विभागिय टोली त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ। सातोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको लिगको पाँचौं खेलमा आर्मीले संकटामाथि ४-० को सहज जित दर्ता गर्‍यो।

आर्मीलाई जित दिलाउन विमला चौधरीले दुई गोल गर्दा सावित्री देवी मगर र अनिता लम्जेलले समान १-१ गोल गरेका थिए। प्रतियोगितामा पहिलो खेल खेलिरहेको आर्मीले १९औं मिनेटमा सावित्रीको गोलबाट खेलमा अग्रता बनाएको थियो।

दोस्रो हाफमा विमलाले ६१औं र ७१औं  मिनेटमा गोल गर्दा आर्मी बलियो अवस्थामा पुगेको थियो। आर्मीका लागि चौंथो गोल ७६औं मिनेटमा अनिताले सम्भव बनाएकी थिइन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना  जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।

जारी लिगमा पहिलो खेलमा कोशी प्रदेशले वालिङ नगरपालिकालाई १-० ले पराजित गर्दा दोस्रो खेलमा सुदरपश्चिम प्रदेशमाथि बागमती युथ क्लबले ५-१ को जित हात पारेको थियो। त्यस्तै तेस्रो खेलमा कर्णाली प्रदेश र चन्द्रपुर नगरपालीकाले १-१ गोलको बराबरी खेल्दा चौथो खेलमा पुलिस र एपिएफले गोलरहित बराबरी खेलेका थिए।

बिहीवारबाट लिगको दोस्रो चरणको खेल सुरु हुदै छ। बिहीवार हुने पहिलो खेलमा बागमती र कोशी प्रदेश तथा दोस्रो वालिङ र कर्णाली बीच प्रतिस्पर्धा हुँदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?