यस वर्ष डेङ्गीबाट ४ र जापानिज इन्सेफ्‌लाइटिसबाट ३ जनाको मृत्यु

यस वर्ष डेङ्गीबाट ४ र जापानिज इन्सेफ्‌लाइटिसबाट ३ जनाको मृत्यु
+
-

काठमाडाैँ- डेङ्गीका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ। बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराएका हुन्। 

मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेङ्गी सङ्क्रमण भएको छ भने ७५ जिल्लामा फैलिएको छ।

त्यस्तै झाडा पखालाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा ४ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्येएउटै परिवारका ३ जना रहेका छन्। सोको कारण पत्ता लगाउने काम भइरहेको छ।

जापनिज इन्सेफ्‌लाइटिस नयाँ प्रकोपका रुपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए।

जापनिज इन्सेफ्‌लाइटिसकाे शङ्कास्पद केसको सङ्ख्या ६२७ रहेको छ। त्यस्तै २८ जनामा पुष्टि भइसकेको छ।

उनले सिंहदरबार वैद्य खानालाई थप स्तरोन्नति गरी २० किसिमका आधारभुत आयुर्वेदिक औषधिको उत्पादन गर्नेगरी काम शुरु गरिएको जानकारी दिए।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जापनिज इन्सेफ्‌लाइटिसमा नियमित खोप कार्यक्रम सञ्चालन गरेको बताए। प्रकोप भएका बेलामा खोप लगाउन हुँदैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?