झापामा ‘सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग’ आयोजना हुने

झापामा ‘सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग’ आयोजना हुने
+
-

झापा- झापाको अर्जुनधारा-१ साधुटारस्थित शंकराचार्यपीठमा सर्वकल्याण अभिषेकात्मक अतिरूद्र महायाग आयोजना हुने भएको छ।

शंकराचार्यपीठमा आगामी माघ १ गतेदेखि ११ गतेसम्म सर्वकल्याण अभिषेकात्मक अतिरूद्र महायाग आयोजना हुने भएको हो।

१५१ जना पण्डित वरण भइ आयोजना हुने महायाग सम्पन्न गर्न अनुमानित दुई करोड रुपैयाँ खर्च लाग्ने शंकराचार्यपीठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए।

दाताहरूको दान र सहयोगबाट स्रोत जुटाउने लक्ष्य लिएको समितिले महायागबाट बचत भएको रकमले शंकराचार्यपीठ अन्तर्गत रहेको शंकराचार्य वेदवेदाङ्ग संस्कृत पाठशाला (गुरुकुल)को संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोड अक्षयकोष स्थापना गर्ने महाअभियानलाई सहयोग पुग्ने अध्यक्ष खतिवडाले बताए।

भगवान शिवको पूजा आराधना, अभिषेकले सबै दुःख नष्ट हुने, सुख प्राप्ति हुने र अन्त्यमा मुक्ति प्राप्त हुने हुँदा कोशी प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको महायागको माध्यमबाट सबैको कल्याण हुने समितिका अध्यक्ष खतिवडाको दाबी छ।

शंकराचार्यपीठ परिसरमा हुने महायाग यज्ञस्थलको शुक्रबार भूमिपूजन गरिएको छ। शंकराचार्यपीठका संस्थापक एवम् प्रमुख संरक्षक केदारनाथ खतिवडाको नेतृत्वमा भएको यज्ञस्थलमा भूमिपूजन सम्पन्न भएपछि सुनको फालीजडित हलोबाट सो क्षेत्रमा सांकेतिकरुपमा जोतिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?