
वीरगञ्ज – पर्सा जिल्ला भित्र बिभिन्न कार्यक्रम गर्दा ठ्लो स्वरमा डिजे,लाउड स्पिकर बजाउनमा रोक लगाइएको छ। मानव स्वास्थयलाई नै असर पर्ने गरी डि.जे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता क्रियाकलापहरूले असुविधा पुग्न गएकोले यस्ता क्रियाकलापमा रोक लगाइएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साले आइृतबार एक सुचना जारी गरि ठुलो स्वरमा डिजे बजाउन रोक लगाइएको जानकारी दिएको छ।
जिल्ला सुरक्षा समितिबाट शुक्रबार नै त्यस्ता क्रियाकलापहरू नियन्त्रण गर्न निर्णय भएको पर्सा प्रहरीले सुचनामार्फत जनाएको छ। सूचनाको बर्खिलाप गरी विभिन्न कार्यक्रमहरुमा ठुलो स्वरमा डि.जे, स्पिकर, लाउड स्पिकरहरू बजाउने, आतिसवाजीहरू गरेमा कानून बमोजिम कारवाही हुने समेत सुचनामा जनाइएको छ ।