
काठमाडाैँ- नेपालमा पछिल्ला दिनहरूमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेकाे एक तथ्यांकले देखाएकाे छ।
आत्महत्या गर्नुकाे मूख्य कारण भने बायोलोजिकल, साइकोसोसियल, साइकोलजिकल पक्ष र मानसिक रोग रहेकाे पाइएकाे छ। त्यस्तै सामाजिक र सांस्कृतिक आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन्।
आत्महत्याको विद्यमान समयमा मृत्युकाे कारणमध्ये आत्महत्या १५ औं कारण हाे। आइतबार काठमाडाैँमा विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले आर्थिक वर्ष नेपालमा २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको र सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको जानकारी दिएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे
नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको तथ्यांकले देखाएकाे छ।
त्यस्तै १५ देखि ४५ वर्षका प्रजनन् उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको उनले बताए। उनका अनुसार विश्वमा वार्षिक ७ लाख मानिसहरू आत्महत्याको कारणले मृत्यु वरण गर्छन् भने हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्छन्।
तथ्यांकअनुसार विश्वमा लो एण्ड मिडिल इन्कम भएका देशमा विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू हुन्छन्।
त्यसमध्ये साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ। अध्ययनकाअनुसार ४ लाख ५५ हजार प्रतिवर्षको दरले मृत्यु भइरहेको अध्ययनले देखाएको छ।
यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ।