अलराउन्डर मोइन अलीले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयासको घोषणा

अलराउन्डर मोइन अलीले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयासको घोषणा
+
-

इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयासको घोषणा गरेका छन्। उनले खेलाडी जीवनबाट बिदा हुने योनै सही समय भएको भन्दै सन्नयासको घोषणा गरेका हुन्। मोइनले इङ्ग्ल्यान्डका सन् २०१४ देखि २०२४ सम्म २ सय ९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

मोइनले २०१४ मा वेस्टइन्डिज विरुद्ध डेब्यु गरेयता सबै तीन फर्म्याटमा क्रिकेट खेल्दै एक अब्बल अलराउन्डरको छवी बनाएका थिए। ३७ वर्षका मोइनले २०१९ मा घरेलु मैदानमा भएको एकदिवसीय विश्वकप र २०२२ मा टी-२० विश्वकप जित्ने टिमको महत्वपूर्ण सदस्यका रुपमा टोलीको सदस्य रहेका थिए।

उनले २०२१ मा पहिलो पटक टेस्ट क्रिकेटबाट सन्नयास घोषणा गरेका थिए। तर दुई वर्षपछि अस्ट्रेलियासँगको घरेलु एशेज सिरिजका लागि पुनः सन्न्यास फिर्ता लिएर मैदानमा उत्रिएका थिए। जहाँ सिरिज इङ्ल्यान्डले बराबरीमा टुंग्याएको थियो।

अफ-स्पिनर मोइनले इङ्ल्यान्डका लागि ६८ टेस्ट, १३८ एकदिवसीय अन्तर्राष्ट्रिय र ९२ टी-२० खेल खेलेका छन्। उनले ६ हजार ६ सय ७८ अन्तर्राष्ट्रिय रन बनाउनुका साथै ३ सय ६६ विकेट लिएका छन्।

ह्वाइट बल क्रिकेटमा उपकप्तान समेत भइसकेका उनले एकदिवसीयमा एक र टी-२० मा १२ खेलमा इङ्ल्यान्डको कप्तानी गरेका छन्। उनी आगामी महिना अस्ट्रेलियासँगको सिरिजमा टिममा पर्न असफल भएका थिए। यो सँगै उनले अन्तर्राष्ट्रिय खेल जीवन टुंग्याउने निर्णयमा पुगेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?