तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष खत्वेसहित ११ विरुद्ध भ्रष्टाचार मुद्दा

तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष खत्वेसहित ११ विरुद्ध भ्रष्टाचार मुद्दा
+
-

काठमाडौँ – सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमान खत्वेसहित ११ जना विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार योजना अनुगमन समितिको संयोजक समेत रहेका उपाध्यक्ष खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ जनाविरुद्ध भए गरेको काम भन्दा बढी भुक्तानी दिएर सार्वजनिक सम्पत्तिको हिनी पुर्एको अभियोगमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादीविरुद्ध ९ जना विरुद्ध नै ६ लाख ४५ हजार ६६५ प्रतिव्यक्ति बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार कार्य नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको ठहर अख्तियारले गरेको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सब–इन्जिनियर जागेश्वर मण्डलले आर्थिक वर्ष २०७४/७५ मा उक्त योजनाको सम्झौता बमोजिम कार्य नगरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब तयार गरी तथा गर्न लगाई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी वास्तविक भएको कामको भन्दा बढी ६ लाख ४५ हजार ६६५ रुपैयाँ भुक्तानी दिन लगाएको पाइएको छ ।

अर्को पनि भ्रष्टाचार

यस्तै आयोगले नै गाउँपालिकाको वडा नम्बर ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन तथा व्यवस्थापन सम्बन्धी कार्य अधुरो छाडेको तथा कुनै कामै नगरी रकम हिनामिना गरेको भन्दै तत्कालिन उपाध्यक्ष खत्वे, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव, इन्जिनियर खुर्सेद इक्रामले आर्थिक वर्ष २०७५÷७६ मा गरेको भन्दै ११ लाख १९ हजार ९४९ रुपैयाँ बिगो दाबी गर्दै अर्को मुद्दा पनि दायर गरेको छ ।

गाउँपालिकाका लेखा प्रमुख सोनुकुमार सोनीले योजनाको भुक्तानी गर्दा भए गरेको कार्यको बिल भरपाई चेकजाँच गरी नियमानुसार भुक्तानी गर्नुपर्नेमा त्यस्तो नगरी ५ लाख ३९ हजार ३८५ रुपैयाँ बढी भुक्तानी गरेको र प्रथम रनिंग बिलको भुक्तानी लिंदा उपभोक्ता समितिले पेस गरेको बिल बिजक जारी भएको मिति योजना सम्झौता मिति भन्दा अगावै जारी भएको पाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?