एन्फा महिला लिग: पुलिसले बागमतीलाई हरायो

एन्फा महिला लिग: पुलिसले बागमतीलाई हरायो
+
-

काठमाडौं- सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी एन्फा महिला लिगमा नेपाल पुलिस क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ। आइतबार भएको दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसले बागमतीमाथि १-० को जित हासिल गर्‍यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा निर्मला उपाध्यायले पुलिसका लागि निर्णायक गोल गरेकी थिइन्। उनले ६५औं मिनेटमा गरेको एक मात्र गोल पुलिसलाई तीन अङ्कका लागि पर्‍याप्त बन्यो। दीपा न्यौपानेको क्रसलाई बागमतीका खेलाडीले राम्रोसँग क्लियर गर्न नसकेको अवस्थाको फाइदा उठाउँदै निर्मलाले गोल गरेकी थिइन्।

त्यसअघि खेलको १८औं मिनेटमा कप्तान निरु थापा पेनाल्टीमा चुक्दा पुलिसले अग्रता लिने राम्रो मौका गुमाएको थियो। उनकै प्रहारमा बागमतीका डिफेन्डर अनिशा विकको हातमा लाग्न पुग्दा पुलिसले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। तर  निरुको प्रहार पोलमा लागेर फर्किदा बागमती जोगिएको थियो।

लगातार दोस्रो जितसँगै तीन खेलमा सात अंक जोडेको पुलिस दोस्रो स्थानमा कायम छ। यसअघि नेपाल एपिएफ क्लबसँग गोलरहित बराबरीमा रोकिएको पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९-० ले पराजित गरेको थियो।

यता लगातार दोस्रो पराजय ब्यहोरेको बागमती समान खेलबाट तीन अंकका साथ पाँचौं स्थानमा झरेको छ। यसअघि सुदूरश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको बागमतीले कोशी प्रदेशसँग २-१ को हार ब्यहोरेको थियो। यसअघि आइतबारै सम्पन्न दिनको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ४-० को फारकिलो जित निकाल्दै आफ्नो लगातार जीत यात्रा कायम राख्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?