पर्सामा आमासँगै नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

+
-

वीरगन्ज –  आमासँगै नुहाउन गएको बेला आइतबार दिउँसो पर्साको जगरनाथपुर गाउँपालिका स्थित नदिमा डुबेर दुई जना बालकहरुको मृत्यु भएको छ।

जगरनाथपुर गाउँपालिका–५ मसिहानी स्थित सिक्टा नदिमा डुबेर भारत घर भइ मसिहानीमा मामघरमा बस्दै आएका दुई बालकको डुबेर मृत्यु भएको हो।मृत्यु हुनेहरूमा भारत बिहार बेतिया बनकटवाका रितेश ठाकुरका १० बर्षका छोरा गुलशन ठाकुर र बिहार सिक्टाका  अनरजित पटेलका  छोरा ८ बर्षका अभिषेक पटेल रहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए।

दुबै जना बालक हरु ऋषि पन्चमी पर्बको अवसरमा आमा संगै नुहाउन सिक्टा नदिमा गएको बेलामा डुबेको उनले बताए। दुबै जना बालकको शब पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?