
काठमाडौँ- काठमाडौँ भित्रने प्रमुख नाका नागढुंगा चेकपोस्टभन्दा ३ सय मिटर तल पहिरो जाँदा पृथ्वी राजमार्ग भएर काठमाडौँ भित्रने सडक पूर्णतया: अबरुद्ध भएको छ।
नागढुंगा चेकपोस्टभन्दा ३ सय मिटर तल मन्दिरनजिकै पहिरो गएको प्रहरीले जानकारी दिएको छ।
थानकोटका डिएसपी सूर्य सुवेदीका कारण पहिरो गएपछि अहिले काठमाडौँबाट बाहिर जाने र काठमाडौँ भित्रने दुवै सवारीसाधन रोकिएका छन्।
अहिले पहिरो हटाई बाटाे खुलाउन प्रयास भइरहेकाे पनि प्रहरीले जानकारी दिएको छ।