बिर्तामोडबाट तीन जना बेसहारा नागरिकको उद्धार

बिर्तामोडबाट तीन जना बेसहारा नागरिकको उद्धार
+
-

झापा- झापाको बिर्तामोडबाट तीन जना बेसहारा नागरिकको उद्धार गरिएको छ। मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्धार गरिएको हो।

मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले सोमबार दिउँसो उनीहरूको उद्धार गरेको हो।

बिर्तामोड- ४ बाट ९० वर्षीय छबिलाल तिम्सिना, बिर्तामोड- ३ बाट १८ वर्षीय उजित सिंह र बिर्तामोड- ६ बाट २२ वर्षीय विनिशा गौतमलाई उद्धार गरिएको हो।

बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्धार गरिएको हो। उनका आफन्त यहाँ कोही नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए।

यस्तै, सिंह सैनिकमोडको एउटा निर्माणधिन घरमा रात कटाउँदै आएका थिए। मानसिक अवस्था ठीक नभएका सिंहले कहिले काँकरभिट्टाको गरामनी कहिले भारतको पानीटंकी घर बताउने गरेका छन्।

य‍सैगरी, गौतमको पनि मानसिक अवस्था ठीक छैन। बुट्टाबारी नजिकै शुभबिहानी टोलबाट उद्धार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन्।

उद्धार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए।

उनले यस प्रकारका बेसाहारा नागरिक बिर्तामोड क्षेत्रमा कोही भेटिए उद्धार गरिने पनि जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?