देशसञ्चार चौतारी : भाग-६१

‘इतिहासमा कल्पना पनि मिसाइदिन्छन्’

+
-

पत्रकार तथा लेखक मोहन मैनालीले आफ्नो पछिल्लो पुस्तक ‘मुकाम रणमैदान’बारे देशसञ्चार चौतारीको पछिल्लो अंकमा खुलेर कुराकानी गरेका छन्। उनले २१० वर्ष पुरानो नेपाल अंग्रेज युद्धका थुप्रै चाखलाग्दा प्रसंगहरु देशसञ्चार सहकर्मीहरुसँग अन्तर्क्रियामा खोलेका छन्।

माओवादी सशस्त्र संघर्षताकाको कालीकोट घटनाबारे रोचक र मार्मिक डकुमेन्ट्री ‘जोगिमाराका ज्युँदाहरु’ पनि बनाएका छन् उनले। नेपालका दुर्गम भुभाग घुमेर त्यहाँको जनजीवनका कथाहरु पत्रकारितामार्फत सार्वजनिक गरिसकेका मैनालीले यसबारे पनि पुस्तक लेखेका छन्।

पछिल्लो पुस्तक ‘मुकाम रणमैदान’का लागि मदन पुरस्कार जितेका मैनालीले आफ्नो पुस्तकका लागि करिब ८ सय पुराना चिठी पढेका छन्। यीमध्ये करिब ४ सय चिठी त उनले पुस्तकमा उद्धृत नै गरेका छन्। पुराना चिठीका भाषा अहिलेको शैलीमा रुपान्तरण गरेर उनले आफ्नो पुस्तकको सन्दर्भसामग्री बनाएका छन्। आफूले खोतलेका चिठीमध्ये एउटा चिठीलाई पुस्तकमा समेत समावेश गरेका छन् मैनालीले।

अंग्रेजहरुले नेपाल लिने आँट नै नगरेको पनि लेखक मैनालीले अन्तर्क्रियाका क्रममा बताए। ‘कतिपय चिठी पढ्दा बेलायती हाकिमहरुले नेपाललाई दबाएर राख्न सकिँदैन भन्ने लेखेका छन्, त्यही भएर अंग्रेजले नेपाल लिन खोजेका थिएनन् भन्ने सजिलै भन्न सकिन्छ,’ मैनालीले कुराकानीका क्रममा भने।

त्यत्तिखेरको नेपाल दरबारले आफ्ना कामहरुलाई एकदमै गम्भीरतापूर्वक लिने पनि उनले बताए। ‘त्यत्तिबेला जे काम गर्थे, दिलैदेखि गर्थे, आँखामा छारो हाल्ने काम गर्दैन थिए,’ उनले भने।

नेपाललाई अहिलेको सीमानामा कायम राख्ने नेपाल-अंग्रेज युद्धले नेपालीलाई आजसम्म पनि निर्देशित गरेको छ। ‘यही भएर अंग्रेज युद्धबारे अध्ययन गरेर किताब लेखेँ,’ उनले भने।

नेपालका इतिहासकारहरुमा अलिकति कल्पना पनि हाल्न सकिएन भने केको इतिहास भन्ने समस्या चाहिँ देखिन्छ। ‘नेपालका इतिहासकारहरुले तथ्यचाहिँ बेवास्ता नगरुन् भन्ने लाग्छ,’ उनले अन्तर्क्रियाका क्रममा भने। नेपालसम्बन्धी इतिहासका पुस्तकहरुमा तथ्यलाई तोडमरोड गरेको समस्या धेरै भेटिने दृष्टान्तहरु पनि उनले अन्तर्क्रियाका क्रममा सुनाए।

इस्ट इन्डिया कम्पनीले बेलायत फर्कने बेला नेपाललाई जितेको भूभाग फिर्ता दिन्छु भन्ने विषयमा उनले हाँस्दै भने- ‘कसैले डकुमेन्ट नै देखायो भने त म पत्याउँला, कथा हालेर भन्न त सजिलो छ।’

यात्राले आफूलाई रिचार्ज गर्ने उनी बताउँछन्। ‘मेरो काम नै घुम्ने थियो, यात्राले मलाई भित्रैदेखि खुसी तुल्याउँछ,’ उनले भने। अहिले तमोर किनारको जनजीवनबारे पुस्तक लेख्न लागिपरेका छन् लेखक मैनाली। नेपाली पत्रकारलाई अलिकति अनुसन्धान गर्न पनि पत्रकार तथा पत्रकारिताका गुरु मैनालीले सुझाए।

पत्रकार तथा लेखक मैनालीसँग गरिएको अन्तर्क्रियाको पूर्ण पाठ:

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’