अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रम्प र ह्यारिस आमनेसामने

अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रम्प र ह्यारिस आमनेसामने
+
-

काठमाडाैँ-  अमेरिकामा नाेभेम्बर ५ मा हुन लागेकाे भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच स्थानीय समयअनुसार मंगलबार बेलुकी ८ बजे टेलिभिजन बहस भएको छ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा पहिलाेपटक आमनेसामने भएका हुन्। यसअघि पहिलाे बहस ट्रम्प र जाे बाइडेनबीच भएकाे थियाे।

ट्रम्प र ह्यारिसकाे भने याे पहिलाे बहस हाे। बहसका क्रममा ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गरे। ह्यारिसले भने प्रतिवाद गर्दै ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताइन्।

अमेरिकाको आर्थिक र हतियार सहयोगकै कारण युक्रेन स्वतन्त्र मुलुकका रुपमा खडा भएकाे दाबी ह्यारिसले गरेकी थिइन्।

बहसका क्रममा आप्रवासन, रुस युक्रेन युद्ध, इजरायल गाजा तनाव लगायतका विषयमा चर्काचर्की भएकाे थियाे। ट्रम्पले आप्रवासीहरूले कुकुर पनि खाने दाबी गरेका थिए। ह्यारिसले भने ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन्।

एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो। नेपाली समयअनुसार बुधबार बिहान सवा ८ बजे बहस सकिएकाे हाे।

बहस अघि टसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लगाइएको थियो। ट्रम्पले अन्तिममा बोलेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?