भ्रष्टाचारको एउटै मुद्दामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र तीन वडाध्यक्षसहित १४ जना दोषी ठहर

भ्रष्टाचारको एउटै मुद्दामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र तीन वडाध्यक्षसहित १४ जना दोषी ठहर
+
-

वीरगञ्ज- भ्रष्टाचार गरेको एउटै मुदामा मधेस प्रदेशस्थित सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,तीन जना वडाध्यक्षसहित १४ जना दोषी ठहर भएका छन। विद्यालय भवन निर्माणको क्रममा भ्रष्टाचार गरेको मुद्दामा गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जना दोषी ठहर भएका हुन्।

दोषी ठहर हुनेहरुमा गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष खुशीलाल साह,वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव र ५ का वडाध्यक्ष मनोज यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश निधी, जिन्सी प्रमुख सञ्जय प्रसाद यादव, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर सन्तोषकुमार यादव लगायत उपभोक्ता समितीका पदाधिकारीहरु छन्। आव ०७७/७८ मा वडा नम्बर २ स्थित रामजानकी दलित आधारभूत विद्यालयको भवन निर्माणको लागि प्रदेश साँसद कोषबाट आएको रकम भवन निर्माणको कामै नगरी झुठो बिलले १४ लाख ५१ हजार ५५१ रुपैया भुक्तानी गरे/गराएको आरोपमा अख्तियारले अनुसन्धान गरी बितेको जेठ २१ गते विशेष अदालतमा मुदा दायर गराएको थियो।

अदालतमा दायर भएको उक्त मुदाको अदालतका न्यायाधीश टेकबहादुर कुँवर र तेज नारायणसिँह राईको इजलासले मंगलबार १४ जनालाई नै दोषी ठहर गरेको हो।अदालतले अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई जनही तीन महिना कैद र दस हजार जरिवाना गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कुसियैत र लेखापाल आचार्यलाई ३/३ महिना कैद र २ लाख ७ हजार रुपैयाँ जरिवाना र उपभोक्ता समितिका पदाधिकारीहरुलाई जनही तीन/तीन महिना कैद सजाय अदालतले तोकेको छ । इन्जिनियर साह र सब इन्जिनियर यादवलाई पनि ३ महिना कैद र १० हजार जरिवाना विशेष अदालतले तोकेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?