
एन्फा महिला लिगमा कोशी प्रदेश पहिलो पटक पराजित भएको छ। बुधबार भएको दिनको पहिलो खेलमा कोशी विभागीय टोली नेपाल पुलिस क्लबसँग ४-० ले पराजित भयो। दिनको दोस्रो खेलमा भने संकटाले पहिलो जित निकाल्यो। संकटाले कर्णालीलाई २-० ले हराउँदै प्रतियोगिताको पहिलो जित आत्मासाथ गर्यो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कोशीलाई जित दिलाउन निर्मला उपाध्याय, अनुष्का शेर्पा, सम्झना लावती र अमृता जैसीले समान १-१ गोल गरेका थिए। जितपछि ४ खेलमा १० अंकका साथ पुलिस शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट कोशी ९ अंकसहित दोस्रो स्थानमा छ।
त्यस्तै दिनको दोस्रो खेलमा संकटाले कर्णालीलाई २-० ले हरायो। संकटाको जितमा सेलिना अनिमा र टोम्लोफेले समान १-१ गोल गरे। संकटा ४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ। कर्णाली भने अङ्क बिहिन रुपमा तालिकाको नवौं स्थानमा रहेको छ।