
मुगु – नेपाल टेलिकमले जिल्ला सदरमुकाम गमगढीमा वितरण गरेको इन्टरनेट सेवा सुस्त कछुवाको गतिको हुँदा मुगालीले सास्ती खेप्नु परेको छ।
साविकको लेनलाइन र एडिएसएल इन्टरनेट सेवालाइ विस्थापित गरि गुणस्तरिय र तिव्र गतिको भन्दै माइक्रोओइव मार्फत इन्टरनेट सेवा मुगालीलाई वितरण गरेपनी गुणस्तरिय र भने अनुसारको क्षमतायुक्त इन्टरनेटको सेवा नपाउँदा सेवाग्रहीहरुले इन्टरनेटजन्य सेवा कार्य गर्दा सास्ती खेप्नु परेको हो।
सेवा लिदा तार र राउटर सहित वर्ष भरिको शुल्क भनेर एकमुष्ट ८ हजार ५ सय शुल्क लगेपनी गुणस्ततरिय इण्टरनेट सेवा नपाएको इण्टरनेट सेवाग्रहीहरुले बताउने गरेका छन्।
इन्टरनेट छिनमा आउँछ छिनमा रोकिन्छ छिनमा आएको नेटको गति पनि कछुवाको हिँडाइभन्दा पनि कम छ। टेलिकमलाइ गाली गर्नु बाहेक अर्को विकल्प छैन एकमुष्ट अग्रिम पैसा लगिसक्यो खाए खा नखाए घिचको अवस्थामा छौ। शुल्क अग्रिम लिने इण्टनेट क्षमता कम छोडने,गुणस्तर नछोडने यो सरासर टेलिकमले हामिहरुलाइ ठगिरहेको छ स्थानिय सेवाग्रही उर्मिला मल्लले गुनासो गरिन्।
घाम लागेको बेला नेट आउँछ घाम नलागे विजुल्ली नभए नेट आउदैन वडमा लेखिएको एउटा समाचार,३०० केविको एउटा फोटो मेल गर्नु परे घण्टौ बस्नु पर्छ एट्याज हुदैन इन्टरनेटको गति हेर्दा हेदा निद्रा लाग्छ,टाउको घुमाउछ सन्चारकर्मी अच्युतराज भण्डारीले सुनाए।
उहाँ भन्छन सेवाग्रहिले कति सेवालियो सोही अनुसार शुल्क काटनु पर्ने हो इन्टरनेटको क्षमता नबढाउने गुणस्तर सेवामा ध्यान नदिने ग्राहकलाई लाइन मात्र दिने टेलिकमको प्रवृती नै ग्राहकबाट एकमुष्ट अग्रिम शुल्क उठाउने ,सेवामा ठग्ने मनसाय देखिन्छ।
मुगुमा टेलिकमले दिने माइक्रोओइव सेवा मात्र होइन फोरजी सेवा पनि गुणस्तर र तिव्र गतिको छैन मोवाइलमा देखाउन त फोरजी नेटवर्क देखाउछ तर त्यसको गति टुजि भन्दा कम छैन। यो हिसावले हेर्दा पनि टेलिकमले मुगालिहरुलाइ आफ्ना सबै सेवाहरुमा ठगिरहेको छ।
माइक्रोओइव सेवा शुरु गर्दा तत्कालिन सुचना तथा सन्चारमन्त्री रेखा शर्माले अनलाइनबाटै उद्घाटन गर्दा यो सेवा गुणस्तर र तिव्र गतिको हुने भाषण गर्नुभयो,नेपाल टेलिकम मुगु शाखाका प्राविधिक पनि यो सेवा विगतका अन्य सेवाभन्दा तिव्र र गुणस्तरको हुने भएकाले सर्वसाधारण देखि कार्यालय र संघ सस्थाहरुलाइ सेवा लिन आग्रह गरियो मानिसहरुले मन्त्रीले भनेकाले विश्वास मानेर वर्षभरिको अग्रिम शुल्क समेत बुझाउदै धमाधम यो सेवा लिए तर अहिले सबैलाइ यो सेवा निल्नु न ओकल्नु भएको छ।
तिव्र गतिको इन्टरनेट हुन्छ भनेर सेवा लिएका बैक,वितिय सस्था र सरकारी कार्याकयहरुले टेलिकमको सेवाले आफुहरुका सिस्टम नचलेकाले निजि दुरसन्चार सेवा प्रदायकहरुका सेवा लिएर काम चलाइ रहेका छन।
मुगुमा वितरित इन्टरनेटको सेवाले नेपाल सरकारको इ गभरनेन्स र जनतालाइ छिटो,छरितो सेवा दिने उदेश्यको कै धज्जी उडाइरहेको छ।
नेपाल टेलिकम मुगु शाखाका कार्यालय प्रमुख प्रेमराज आचार्य मुगुको इण्टरनेट सेवा साहै होइन केहि मात्रामा सुस्त भएको साँचो हो विधुतका जस्तै नेपाल टेलिकमको लाइनपनी राष्ट्रिय र स्थानिय छ स्थानिय लाइन आएको बेला नेटको गति सुस्त हुन्छ र राष्ट्रिय आएको बेला अलि तिव्र हुने बताउछन्।
प्रचार गरिए जस्तो सेवा नपाएको गुनासो बारे नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख उमेश शाहसङ्ग बुझ्दा मुगु,डोल्पा र हुम्लामा माइक्रो ओइव प्रविधिको इन्टरनेट सेवा दिएका छौ यो सेवामा यस्तै हुन्छ अप्टिकल फाइवर पुगे भने पुर्ण क्षमताको गुणस्तर सेवा प्राप्त हुने र कर्णालीको परिपेक्षमा यहाँ वितरित नेपाल विधुत प्राधिकरणको राष्ट्रिय लाइन नियमित नहुनु र आएको विधुतमा पनि भोल्टेज न्यून हुँदा समस्या पारेको बताए। । उहाँ का अनुसार यी बाहेक अन्य के कारणले मुगु लगाएतका जिल्लामा माइक्रोवइप मार्फत वितरित इन्टरनेट सेवाको क्षमतामा गति सुस्तताको समस्या आएको हो प्राविधिक खोज गरि समधान तिर लाग्ने छौ।
मुगु जिल्ला सदरमुकाम गमगढी बजारमा ३६० जना माइक्रोओइव मार्फत वितरित इन्टरनेटका ग्राहकहरु छन। यदि मुगुमा अप्टिकल फाइवर पुगेमा १०२४ जनासम्मलाइ इन्टरनेट सेवा दिनसक्ने क्षमता इन्टरनेट गति आउने नेपाल टेलिकम मुगु शाखा कार्यालयले जनाएको छ।