एन्फा महिला लिग: एपीएफ र आर्मी विजयी

एन्फा महिला लिग: एपीएफ र आर्मी विजयी
+
-

काठमाडौं- साविक च्याम्पियन एपिएफ र अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग अन्तर्गत बिहीबार भएको खेलमा जित हासिल गरेका छन्। चौंथो चरणको खेलमा दुबै विभागिय टोलीले आ-आफ्नो खेलमा जित हासिल गरे।

चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले वालिङलाई २-१ ले पराजित गर्‍यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले समान १-१ गोल गर्दा वालिङका लागि भने विदेशी खेलाडी सिसे एन्टोङगोले एक गोल फर्काएकी थिइन्।

४ खेलबाट १० अंकका साथ एपिएफ दोस्रो स्थानमा छ। समान १० रहे पनि गोलअन्तरका आधारमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ। आजै भएको पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई ३-० ले पराजित गर्‍यो।

आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १-१ गोल गर्दा अर्को एक गोल बागमतीले उपहार दिएको थियो। बागमतीका लागि सन्जु थिंगले आत्माघाती गोल गरेकी थिइन।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। राउन्ड रोविनको आधारमा जारी लिगमा पहिलो चरणमा सबै टोलीले एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?