सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन

सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन
+
-

काठमाडाैँ – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

शुक्रवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई ९जिबी राई०, भरत महर्जनसहितका २७ जनाको खोजविनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो। बैठकको बारेमा जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले आजको पहलिो बैठकमा प्रतिवेदनलाई अन्तिम रुप दिनेबारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूचि, छलफलको योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रश्तुत तथ्य तथ्यांकमा छलफल र प्रश्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने निर्णय भएको बताए।

उनले दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरुको बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगति हाँसिल भयो भनेर जानकारी लिएको बताए।

उनले गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुई जना अधिकृतलाई मलेसिया पठाएको र त्यहाँ आवश्यक समन्वय र कोशिस गरेको जानकारी पाएको पनि बताए। उनले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषय भन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको बताए। विदेश फरार हुनेमा २५ जना रहेकोमा आज पुनः दुई जनालाई थप गरी (सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन वचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापा) गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए।

उनले भने, ‘प्रतिवेदनलाई अन्तिम रुप दिनेबारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूचि, छलफलको योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रश्तुत तथ्य तथ्यांकमा छलफल र प्रश्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने बारेमा निर्णय गरेका छौँ। दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरेका थियौँ। फरार रहेका, खास गरी विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जनाकाे  बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगति हाँसिल भयो भनेर जानकारी लिएका छौँ।’

यसबीचमा गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुई जना अधिकृतलाई मलेसिया पठाएको त्यहाँ आवश्यक समन्वय र कोशिस गरेको उनले बताए। यो विषय राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषय भन्दा फरक स्थितिमा रहेको भन्ने खालको जानकारी प्राप्त भएको बताए।

उनले भने, ‘२५ जनामध्ये आज फेरि थप दुई जना सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन वचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापासहित थप गरेर पत्राचार गरेका छौँ। खोजबिन गर्न निर्देशन दिएका छौँ। अन्मितसम्म कोशिस गर्न निर्देशन दिएका छौँ। नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग जस्ता कामहरु गर्ने र विदेशमा गएर सुरक्षित हुने खालको जुन प्रवृत्ति बढिरहेको छ, यसकाप्रति समितिमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। सरकारलाई यस सम्बन्धमा आवश्यक संयन्त्र, अनुसन्धानको सामथ्र्य, गोपनियता, अनुसन्धानसँग सम्बन्धित समग्र सरकारको प्राथमिकतामा पनि विशेष ध्यान दिन हामीले गृहमन्त्रीज्युमार्फत ध्यानाकर्षण गरेका छौँ। आवश्यक निर्देशन दिएका छौँ। समितिको प्रतिवेदनको कामलाई अन्तिम रुप दिन भोलि बैठक बस्नेगरी आजको बैठक सम्पन्न भएको छ।’

उनले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग जस्ता कामहरु गर्ने र विदेशमा गएर सुरक्षित हुने खालको जुन प्रवृत्ति बढिरहेको र यसकाप्रति समितिमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। सरकारलाई यस सम्बन्धमा आवश्यक संयन्त्र, अनुसन्धानको सामथ्र्य, गोपनियता, अनुसन्धानसँग सम्बन्धित समग्र सरकारको प्राथमिकतामा पनि विशेष ध्यान दिन आग्रह गरेको पनि बताए। समितिको प्रतिवेदनको कामलाई अन्तिम रुप दिन शनिवार पुनः बैठक बस्ने पनि जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?